दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडाैं | असोज २, २०८१

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडौं:   दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । 


चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरु काठमाडौँबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो । 


आज मन्त्रालयमा आयोजित सरोकारवालाको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पु(याउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । 


सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उहाँले निर्देशन दिनुभयो । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । 


टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो । 


मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा  खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भईरहेको बताउनुभयो । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिनुभयो । 


यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताउनुभयो । 


प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो । 


नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिनुभयो ।

पोखरा:  अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ ।   विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

थप पढ्नुहोस्

मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सु...

थप पढ्नुहोस्

काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक तोला स...

थप पढ्नुहोस्